धरानः विश्वकर्मा जाती भित्रका थरगत संस्था गजमेर वंश एकता समाजले आफ्नो वार्षिकोत्सवको अवसरमा गजमेर वंशबाट चिकित्सा शिक्षा उत्तिर्ण गरेका ३ जनालाई सम्मान गरेको छ ।
समाजको पाचौं वार्षिकोत्सवको अवसरमा धरान १७ स्थित सप्तरंगी पार्कमा आयोजना गरिएको कार्यक्रममा १ जना डाक्टर सहित २ जना स्टाफ नर्सलाई सम्मान गरेको हो । गजमेर वंशबाट उच्च शिक्षा अध्ययन गर्दै स्वास्थ्य क्षेत्र तर्फ उत्कृष्ट बनेका वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययन गर्दै सेवारत रहेका डा. राजकुमार गजमेर, प्रतिष्ठानमै कार्यरत स्टाफ नर्स समिक्षा गजमेर र पुर्वाञ्चल विश्व विद्यालय गोठगाउँमा कार्यरत स्टाफ नर्स रबिना गजमेरलाई सम्मान गरेको हो ।
सम्मानित व्यक्तिहरुलाई गजमेरका ज्येष्ठ नागरिक भक्त बहादुर गजमेर, प्रमुख सल्लाहाकार रमेश गजमेर र अध्यक्ष परशुराम गजमेरले खादा ओढाउँदै सम्मान पत्रले सम्मान गरेका थिए । २०७० सालमा स्थापना भएको समाजले गजमेरहरुको सर्वाङगिण विकाशमा सहयोग गर्दै आएको छ । पाचौं वार्षिकोत्सवको अवसरमा गजमेर वंशहरुमा निशुल्क स्वास्थ्य शिविर पनि संचालन गरेको थियो । शिविरमा १ सय ५० जनाले स्वास्थ्य चेकजाँच गराएका थिए । वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा धरान, बराहक्षेत्र, भरौल, झुम्का लगायतका स्थानहरुबाट २ सय जनाको उपस्थिती रहेको थियो ।