इटहरी  :  इटहरीको नमुना टोलमा रहेकोे ख्रिष्टियन धर्मअबलम्बीहरुको महान चाड वडा दिनको अवसरमा द सलभेसन आर्मी सोसाइटीकोे आयोजनामा एक अर्कामा शुभकामना आदानप्रदान गर्दै इसुको सम्झनामा बिभिन्न कार्यक्रमगरी क्रिसमस मनाईएको छ ।

इसुको जन्मदिनको अवसरमा ख्रिष्टियन धर्मालम्बीहरुले बिभिन्न सांगीतक तथा शुभकामना एकआपसमा साटासाट गर्दै मनाएका हुन् । बिश्वमै मनाईने यो वर्प पछिल्लो समय नेपालमा पनि मनाउन थालिएको हो । धर्मले सबैलाई राम्रो मात्र गर्ने भएकाले यो पर्वमा अन्य धर्मका व्यक्तिहरुको पनि सहभागीता हुन थालेको सोसाइटीका अध्यक्ष मिन कुमार मगर बताए । राम्रो खाने र राम्रो लगाउने, प्रभुको प्रार्थना गरेर मनाईने यो पर्वले सबैमा भाईचारा बिकास हुने र देशमा शान्ति आउने बिश्वासका साथ कार्यक्रम आयोजना गरिएको जनाईएको छ ।

कार्यक्रममा प्रमुख वक्ता मेजर मेनु रहेका थिए भने प्रमुख अतिथि नेकपाका नेता हिमाल सुवेदी रहेका थिए । कार्यक्रममा सहभागी वक्ताहरुले वडा दिनको शुभकामना दिएका थिए । साथै नमुना टोलमा रहेको स्वतन्त्र मण्डलीका कलाकारहरुले बिभिन्न भजनहरु प्रस्तुत गरेका थिए ।