इटहरी: इटहरी उपमहानगरका बिभिन्न वडाहरुमा समुदाय प्रहरी साझेदारी वडा समिति धमाधम गठन गर्न थालिएको छ ।

इटहरीका वडा नम्वर २, ३, ४ र ७ मा समिति गठन भइसकेको छ । मंगलबार इटहरी वडा नम्वर ४ का अध्यक्ष चन्द्र भटटराईको अध्यक्षतामा वडा नम्वर चार स्तरीय समूदाय प्रहरी साझेदारी समिति गठन गरिएको छ । कार्यक्रममा वडाध्यक्ष भटटराईले वडा नम्वर ४ लाई सुरक्षित वडा वनाउन कार्ययोजना वनाएर अघि बढ्ने बताए ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरिक्षक शिव श्रेष्ठले इटहरीका सवै वडामा यस्तो समिति निर्माण गरि नागरिकको सहयोगमा अपराध नियन्त्रण गरिने बताए । यसअधिनै इटहरीका मेयर द्धारिकलाल चौधरीको अध्यक्षतामा उपमहानगर स्तरीय समूदाय प्रहरी साझेदारी समिति गठन गरिसकिएको छ ।