धरान : धरानमा ‘सातौं यःमरी साँस्कृतिक उत्सव–२०७५’ आउदो शुक्रबारदेखि शुरु हुने भएको छ ।
यस अघि नेवाः ल्याम्ह पुचःचले लगाउदै आएको यःमरी उत्सव यसपटक नेवाः देय् दबू धरान नगर समितिले लगाउने भएको हो । पुचःका अध्यक्ष दिपेश शाक्यलेको यसै वर्ष निधन भएकाले दबूले लगाउन लागेको दबूका नगर अध्यक्ष मनोहर श्रेष्ठले मंगलबार धरानमा गरिएको पत्रकार सम्मेलनमा बताए । शनिबारसम्म चल्ने साँस्कृतिक उत्सवमा नेवारी खानाका परिकारहरु राखिने अध्यक्ष श्रेष्ठले बताए । त्यस्तै, लिच्छबी कालिन ३ सय वर्ष पुरानो इतिहास बोकेको चर्या नृत्य समेत देखाइने छ । त्यस्तै, खुकुरी नृत्य, धरानमा रहेका आदीबासी जनजातीको मौलिक नृत्यहरु देखाइने अध्यक्ष श्रेष्ठले बताए । ‘लिच्छीकी कालिन चर्या नृत्यदेखि विभिन्न जातीको मौलिक नृत्यहरु देखाउछौं ।’ उनले भने ‘नेवारी खानाका परिकार, बहुजातीय परिकारहरु पनि राख्ने भनेका छौं ।’
धरान–१२ स्थित छाताचोक मुन्तिर हुने साँस्कृतिक उत्सवमा करिब २५ वटा स्टल राखिने जनाइएको छ । त्यस्तै, नेवार समुदायका महिलाहरुको फेसन शो, बुहुजातीय फेशन शो समेत देखाइने भएको छ । त्यस्तै, धिमे बाजा बजाउने प्रतियोगिताको आयोजना समेत गरिने जनाइएको छ । उत्सवको दोस्रो दिन पुचः का अध्यक्ष दिबंगत दिपेश शाक्यको सम्झनामा सगीतिक कार्यक्रम गरिने जनाइएको छ । नेवार जातीले नयाँ वालिबाट धानको पिठोबाट ‘यःमरी’ परिकार बनाउने गर्दछन् । यःमरीमा ध्यू, चाकु, संखर इत्यादी लगाएर स्वादिष्ठ बनाइन्छ । ‘यःमरी’ को अर्थ ‘य’ भन्नाले मिठो र ‘ःमरी’ भन्नाले पिठो भन्ने अर्थ लाग्छ । प्रकृति पुजक नेवार जातीले उधौलीको अवसरमा अन्नवाली सप्रियोस् सह बसोस् समृद्धिको कामना गदै एक आपसमा यो चाड बनाउने गर्दछन् ।