मोरङ : बिराटनगर महानगरपालिका १ शंकरपुरमा आफ्नै घरको छतबाट लडेर एक युवतीको मृत्यु भएको छ । आज दिउँसो करिब साढे १२ बजेको समयमा आफ्नै घरको छतमा घाम तापी रहेकी २२ बर्षीया उषा गौतम अचानक भुईमा खसेर गम्भीर घाइते भएकी थिइन् ।
उनलाई उपचारको लागि तत्काल बिराट अस्पताल बिराटनगर लगिएको थियो । उनको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।