तेह्रथुम : अखिल नेपाल निर्माण मजदुर संघका केन्द्रीय अध्यक्ष अमित लामाले श्रम ऐन र सामाजिक सुरक्षा योजना कार्यान्वयनकालागि सबै श्रमिकहरु एकजुट हुनुपर्ने धारणा राखेका छन् ।

अखिल नेपाल निर्माण मजदुर संघ तेह्रथुम शाखाको प्रथम जिल्ला अधिवेशनमा सम्बोधन गर्दै अध्यक्ष लामाले श्रमिकको अधिकारकालागि सरकारले पर्याप्त कानुनी व्यवस्था गरेपनि कार्यान्वयनमा समस्या रहेको बताए । उनले अब सबै मजदुरहरु संगठित भएर आफ्नो हक अधिकार सुनिश्चित गराउन अघि बढ्नुपर्नेमा जोड दिए । म्याङलुङस्थित नेकपाको पार्टी कार्यालयमा भएको अधिवेशनले विष्णुप्रसाद लिम्बुको अध्यक्षतामा अखिल नेपाल निर्माण मजदुर संघ तेह्रथुम गठन गरेको छ ।

पन्ध्र सदस्यीय समितिको उपाध्यक्षमा गोपाल भटराई, सचिवमा ज्ञानबहादुर लिम्बु, सहसचिवमा जेशन लिम्बु, कोषाध्यक्षमा लासेमी लिम्बु र सहकोषाध्यक्षमा प्रतिमा लिम्बु चयन भएका छन् । अधिवेशनले जिल्ला कमिटीको इन्चार्जमा अन्जान आँखेवालाई चयन गरेको छ । कार्यक्रममा अखिल नेपाल निर्माण मजदुर संघ प्रदेश एक समितिका अध्यक्ष राजेन्द्र रुम्बा, उपाध्यक्ष राजन काफ्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।