इलाम : इलाममा १५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा बुधबार दुई युवक पक्राउ परेका छन् ।
सन्दकपुर गाउँपालिका–४, माबुका सोम राई र झापा बुद्धशान्ति गाउँपालिका–४, बुधबारेका उत्तम राईलाई बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार पीडित बालिकाको जाहेरीपछि दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत इलामबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।