झापा : अर्जुनधारा नगरपालिकाकोे नगर छिर्ने मुख्य प्रवेशमार्गमा निर्माण गरिने गेटको शिलान्यास गरिएको छ ।

अर्जुनधारा नगरपालिकाले नगर छिर्ने मुख्य प्रवेशमार्गमा नगरको वस्तुस्थिती एवं विशेषता झल्किने आकृतिहरु निर्माणका लागि शिलान्यास गरिएको हो । अर्जुनधारा–६ र बिर्तामोड–५ नगरको सीमा स्थल महानन्द चौकमा निर्माण हुने प्रवेशद्धार गेट सहितको आकृतिहरु निर्माणका लागि प्रदेश सासद बृख प्रधान, अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरि कुमार राना र बिर्तामोड नगरपालिकाका नगर प्रमुख धुव्र शिवाकोटीेले संयुक्तरुपमा शिलान्यास गरेँ ।

a 2 5

नगरपालिकाका स्वीकृत बार्षिक बजेट अनुसार महानन्द चौकमा स्वागत द्धार र फाइबरका ६ वटा शालिक निर्माणका लागि ३५ लाख लागत बराबरको कार्यक्रम संचालन गरिने भएको हो । जसमा प्रवेशमार्गमा प्रवेशद्वारका गेट निर्माणका लागि २० लाख रुपैंया र ६ वटा शालिक निर्माणका लागि १५ लाख रुपैंया गरी ३५ लाख रुपैंया अर्जुनधारा नगरपालिकाले छुट्याइ सकेको छ ।
महानन्द चौकमा निर्माण हुने प्रवेशद्वारमा गाई सहितको पाण्डुपुत्र अर्जुन ९ फिट उचाईको रहने छ । त्यसमा आदिकवि भानुभक्त आचार्य, कवि मोतिराम भट्टको अधकदको शालिक र साहित्यकार महानन्द सापकोटाको पूर्ण कदको शालिक निर्माण हुने उपभोक्ता समितिका अध्यक्ष मित्र खतिवडाले बताए । उपभोक्ता समिति संक्रिय भएर काम गरी आगामी २०७५ बैशाख मसान्त निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्य रहेको अध्यक्ष खतिवडाले जानकारी दिए । अर्जुनधारा–६ का अध्यक्ष लोकनाथ गौतमको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा अर्जुनधारा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पकज भूर्तेल, बिर्तामोड–५ का अध्यक्ष राजेन्द्र लिङदेन लगायतले शुभकामना मन्तव्य राखेँका थिए ।