पथरी : मोरङको पथरीशनिश्चरे नगरपालिकाले कृषकहरुलाई स्वस्थ बालीनाली उत्पादन गर्दै व्यवसायि बन्ने प्रोत्साहनका लागि अर्गानिक खेती तथा मल वनाउने ३ दिने तालिम बुधबार किरातीचोकमा सम्पन्न गरेको छ ।
वडा नम्वर २, ३ र ७ का ३० जना कृषकहरुका लागि आयोजित तालिम अर्गानिक कृषि प्रणालीमा जोड दिन आग्रह गरिएको थियो । नगर प्रमुख यमुना विष्ट वास्तोलाले तालिममा सहभागीलाइ आर्गेनिक खेति प्रणाली अपनाएर स्वस्थ जीवन वाँच्ने अभियानमा लाग्न सवैलाई आव्हान गरेकि हुन ।
अर्गानिक कृषिको अभियानका अभियन्ता मुक्ति बरालका साथै संगीता कार्की र सावित्रा कार्कीले तालिमको सहजिकरण गरेका थियो । सो तालिम विहिवार वडा नम्वर ४, ९ र १० का लागि शनिश्चरेमा सञ्चालन हुनेछ ।