मोरङ: फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले बुधवार एकैदिन १७ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । 

जिल्ला अदालत मोरङबाट बिभिन्न मितिमा भएको फैसला आदेशले कैद तथा जरिवाना फैसला भई हाल सम्म फरार रहदै आएका नकावजनी चोरी मुद्दका ३ जना, केही सार्वजानिक अपराध मुद्दाका ८ जना, जारी मुद्दाका २ जना, सवारी ज्यान मुद्दाका २ जना र गाली बेईज्जत मुद्दाका फरार प्रतिवादी २ जनालाइ गरी कुल १७ जना फरार प्रतिवादीहरुलाई एकै दिन पक्राउ गरेको हो । पक्राउ परेका फरार प्रतिवादीहरुलाई तोकिएको कैद सजाय तथा जरिवाना भुक्तानीको लागि जिल्ला अदालत मोरङमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।