धरान: धरान पानवारी सडकखण्डमा सेउती खोलामा निर्माण भएको नयाँ पुल पश्चिम बाँझगरा सामुदायिक वन उपभोक्ता समुहले वृक्षारोपण गरेको क्षेत्रमा आगलागी हुदा २० हजार बढी विरुवाहरु जलेर नष्ट भएको छ ।

बिहीबार करिब ११ बजेतिर अचानक आगलागी भएर वनमा ठुलो क्षति भएको उपभोक्ता समुहका पदाधिकारीहरुले जानकारी दिएका छन् । वन समुहका उपाध्यक्ष कुमार भारतीका अनुसार आगो पुर्णरुपमा नियन्त्रणमा लिन झण्डै एक घण्टा लागेको थियो । धरान उपमहानगरपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी र उपभोक्ताहरुको प्रयासमा आगो नियन्त्रणमा आएपनि ठुलो क्षति पुगेको उनले बताए । 'हामीले वृक्षारोपण गरेको र प्राकृतिकरुपमा उम्रिएको करिब २० हजार विरुवा नष्ट भयो,'उनले भने ।

ago 2

वन समुहका अनुसार यहाँ राष्ट्रपति चुरे नदी संरक्षण कार्यक्रमअन्र्तगत हजारौ विरुवा रोपिएको थियो । त्यसको लागि वन मन्त्रालयबाट ९ लाख बढी बजेट आएको थियो भने पटक पटक गोडमेलको लागि पनि बजेट आएको थियो । यो कार्यक्रमअन्र्तगत १० हेक्टरमा हजारौ सिसौ, खयर, टिक, मलेसियन सखुवाका विरुवा रोपिएको थियो भने प्राकृतिकरुपमा पनि विरुवाहरु उम्रिएको थियो । 'लगभग ६ हेक्टरको विरुवा जलेर नष्ट भएको छ,'उपाध्यक्ष भारतीले भने ।