तेह्रथुम: मण्डपमा नै बेहुलीलाई कुटपिट गर्ने युवाहरुको समुहलाई प्रहरीले अभद्र व्यवहार गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ ।

फेदाप गाउँपालिका–३, जलजलेकी बेहुली प्रतिक्षा सम्बाहाम्फेलाई कुटपिट गर्ने १० जना युवाहरुलाई प्रहरीले अभद्र व्यबहार गरेको आरोपमा मुद्धा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नारायण गौतमले बताए । प्रहरीले विवाहमा गएर कुटपिट गर्ने स्थानीयबासी सरोज लिम्बु, ओमन लिम्बु, दिनेश लिम्बु, सुदिप लिम्बु, मन्दिप लिम्बु, राजेश लिम्बु, पुर्ण लिम्बु, नवीन लिम्बु, खगेन्द्र लिम्बु र सरोज लिम्बुलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुलाई सात दिनको म्याद थप गरी अभद्र व्यवहारको मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । विवाह भइरहेको ठाउँमा केहि युवाको समुुहले गत सोमबार बेहुली र अन्य व्यक्तिहरुलाई कुटपिट गरेका थिए । कुटपिट बाट बेहुली सम्बाहाम्फे सहित अन्य तीन जना घाईते भएका थिए ।