झापा: झापाको मेचीनगर नगरपालिका ६, काकडभिटास्थित साठी बिघामा बिहिबार राती भयानक आगलागी भएको छ ।

राती करिब ८ बजेतिर शुरु भएको आगलागीबाट दर्जन घरहरु जलेर नष्ट भएको छ । आगो नियन्त्रणमा लिन मेची नगरको दमकल, सुरक्षाकर्मी व्यापक परिचालन भएको छ । फुसको घरहरु भएको र मेचीनगरमा एउटा मात्र दमकल भएको आगो नियन्त्रणमा लिन कठिनाइ भइरहेको छ ।

भौतिक क्षति ठुलो भएपनि यो समाचार तयार पार्दासम्म मावनीय क्षति नभएको इलाका प्रहरी कार्यालय काकडभिटाले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन । यद्यपी, ग्याँस पड्किएर आगो सल्किएको हुनसक्ने स्थानीयबासीको अनुमान छ ।

48420103_2002488853168368_1906623849135341568_n copy 48955955_2002488866501700_4889136430393065472_n copy