इटहरी: इटहरी ९ का वालवालिकाले उदाहरणीय कार्य गरेका छन । हाम्रो आवाज वाल सञ्जालका वालवालिकाले पैसा उठाएर न्यानो कपडा खरीद गरेर अति विपन्न परिवारका वालवालिकालाई वितरण गरेका छन् ।
बालबालिकाहले इटहरी ९ मरिक वस्तिका अतिविपन्न परिवारका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेका हुन् । सो बस्तीका ४० जना बालबालिकाहरुलाई कपडा वितरण गरिएको थियो । बालवालिकालाई इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले एक कार्यक्रमबीच न्यानो कपडा वितरण गरेकी थिइन् ।

बालबालिकाहरुले आर्थिक सहयोग संकलन गरेर अतिविपन्न परिवारका वालवालिकालाई टोपी, स्वीटर, ट्राउजर, मोजा वितरण गरिएको हाम्रो आवाज बाल सञ्जालका कार्यवाहक अध्यक्ष कञ्जन पौडेलले बताए । ‘हामी वालवालिका पनि समाजका लागि उल्लेख्य कार्य गर्न सक्छौ भन्ने उदाहरण पेश गरेका हौ,’उनले भने ।