कपिलवस्तु :  भारतको राजधानी दिल्ली मा सात महिनादेखि बन्धक बनाइएका ९ जना नेपाली चेलीको उद्धार भएको छ ।

वैदेशिक रोजगारीको प्रलोभनमा पारी ७ महिनादेखि बन्धक रहेका उनीहरुलाई दिल्लीको पहाडगंञ्जको रिङ्गो होटलबाट उद्धार गरिएको हो । उनिहरुलाई उद्दार गरि नेपाल फर्काइएको छ ।

दिल्ली पुलिस र के.आई. नेपालको संयुक्त प्रयासमा पुस १० गते उद्धार गरिएका महिलाहरू कानुनी प्रक्रिया पूरा गरी के.आई. नेपालको संरक्षणमा आएका थिए ।

विभिन्न पहाडी जिल्लामा घर भएका ७ जना महिला शुक्रबार सकुशल घर पुगिसेकेको के.आई. नेपालका कार्यक्रम निर्देशक ईन्द्रराज भट्राईले बताए ।

भारतमा लगेर भारतीय दलालले होटलको एक कोठामा राखी आजभोलि भन्दै सात महिनासम्म उनीहरुलाई बन्धक बनाएका थिए। उद्धार गरिएका ९ जनामध्ये ७ जनालाई कुवेत, १ जनालाई दुबई र १ जनालाई साउदी अरेबिया लैजाने प्रलोभन दिइएको पीडित एक महिलाले बताइन् ।