धरान:नेपाल आइस मिस पुर्वाञ्चल २०१८ को उपाधि झापाकी पुजा श्रेष्ठले जितेकी छिन् । उनले ताजसँगै यामाहाको स्कुटी, हङ्गकङ्ग भ्रमण र विभिन्न उपहार पाईन् ।

धरान १५ स्थित होटल इजी राइडर्समा शनिबार राती भएको प्रतियोगितामा धनकुटा हिलेकी अनिला क्षेत्री फस्टरनरअप बनिन् । उनले नगद एक लाखसहित विभिन्न पुरस्कार पाईन् । इटहरीकी तपस्या रणपहेली सेकेन्डरनरअप बनेर नगद ५० हजारसहित विभिन्न पुरस्कार पाईन् ।

aa1 copy 1

फाईनल प्रतिष्पर्धामा मिस फोटोजेनिक र मिस मल्टिमिडिया टाइटल आकृति आचार्यले जितिन् । वेष्टवाक र मिस ट्यालेन्ट सोनेता दाहाल, मिस पब्लिक च्वाईस र मिस इन्टिलेक्चुअल रुसाली केसी भइन् भने मिस फ्रेन्डसीप सलिना राजवंशी घोषित भए । उनीहरुले जनही १५ हजार पुरस्कार पाए । त्यस्तै फेस अफ डिभाइन आकृति आचार्यर पिएलओ फिटनेस स्वस्टिका विसुंखे घोषित भए । सिल्भर इन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगीतामा वरिष्ठ वातावरणविद् राजेन्द्र खनाल लगायतका निर्णांयकहरुको टोलिले विजेता छनोट गरेको हो ।

49007425_2212039075681278_75818675424198656_n copy 49212628_2212039205681265_307705261110329344_n copy

49178459_215284546081750_7111395991592370176_n (1) copy

49158338_584499051995644_2569990988340658176_n copy 49348603_1708004439305344_6189529781751513088_n copy 49410028_224560185113312_7126233372728229888_n copy

48947276_222961765292841_2263513825883979776_n copy