तेह्रथुम:सूचना प्रविधि मन्त्रालयसँगको सहकार्यमा स्थानीय सरकारहरुले समेत मोवाइल एप सन्चालनमा ल्याउन थालेका छन् ।
जनताको सूचना प्राप्त गर्ने हक र अधिकारलाई सरल र सहज बनाउन स्थानीय तहको आफ्नै मोवाइल एप निर्माण हुन थालेको हो । तेह्रथुमको आठराई गाउँपालिकाले पनि आफ्नै मोवाइल एप सन्चालनमा ल्याएको छ । गाउँपालिकाले आफ्नो सम्पुर्ण सूचनालाई जनता समक्ष पुर्याउनका लागि मोबाइल एप ल्याएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुले बताए ।
मोवाइल एपमार्फत गाउँपालिकाका सम्पुर्ण सुचना तथा समाचार, ऐन, कानुन तथा निर्दे्शिकाहरू सहजै पाउन सकिने गाउँपालिकाका सूचना प्रविधि अधिकृत विनोद पराजुलीले जानकारी दिए । मोवाइल एपमार्फत गाउँपालिकासँग सम्बन्धित कुनै गुनासो, समस्या र सुझावहरु समेत नागरिकहरुले राख्न सक्नेछन् । गाउँपालिकाको एप आफ्नो मोवाइलमा राख्न प्ले–स्टोरमा गएर मेन्छ्यायेम रुरल म्युनिसिपालिटी सर्च गरी डाउनलोड गर्न सक्ने कम्प्युटर अपरेटर कृष्ण चौलागाईले बताए ।