इटहरी:प्रदेश तहमा महिला अधिकार सुशनिश्चितताको लागि सांसदहरुसँग अन्तरकृया कार्यक्रम इटहरीमा सम्पन्न भएको छ ।
संकल्प संस्थाको आयोजनामा भएको कार्यक्रम प्रदेश नम्वर १ की उप–सभामुख सरस्वती पोखरेलको प्रमुख आतित्थ्यतामा भएको थियो । सामाजिक अभियान्ता शान्ति गजमेर, गंगा वराल, राधिका थापा लगायतका सहभागीहरुले वलात्कार, दाइजो, जातिय छुवाछुत अन्त्यको लागि कानुन, ऐन बने पनि कार्यान्वयन फितलो भएको कारण महिलाहरु हिंसामा परीरहेको वताए ।

महिलाहरुले घर तथा समाजमा भोग्दै आएको समस्यालाई विशेष ध्यान दिएर त्यसको न्युनिकरणको लागी आफ्नो भुमिका रहने कार्यक्रमकी प्रमुख अतिथि तथा प्रदेश उप–सभामुख पोखरेलले वताइन् । संकल्पकी अध्यक्ष भिमा खतिवडाको अध्यक्षतामा भएको सो कार्यक्रममा सांसद उमिता वराईली, सांसद सर्वध्वज सावा तथा विभिन्न संघ संस्थाको महिला प्रतिनिधिहरुको उपस्थितीरहेको थियो ।