धरान: दिवंगत आमा बेदमाया कार्कीको २३ औं वार्षिक पुण्यतिथीमा धरान–१३ शुर्यमार्गका कैलाश कार्की र श्रीमती गीता कार्कीले धरान–११ मा ललित र सीता देवानले आश्रय दिइरहेका वालवालिकाहरुलाई खाद्यान्य प्रदान गरेका छन् ।

कार्की दम्पत्तिले देवान दम्पत्तिले राखेका वालवालिकाहरुलाई खाद्यान्न, दाललगायतका साम्रगी वितरण गरेका हुन् । शनिबार २ बोरा चामल, दाललगायतका खाद्यान्न सामग्री वितरण गरेका हुन् । यस्तै, शुक्रबार पनि धरान–१३ का विपन्न सुत्केरी महिला तथा शिशुलाई खाद्यान्य तथा न्यानो कपडा वितरण समेत गरेका थिए । वडाका ५ जना सुत्केरी महिलाहरुलाई २५ केजी चामल, दाल, तेल, सावुन, बच्चालाई न्यानो कपडा वितरण गरेको कार्कीले जानकारी दिए ।

धरान–१३ को वडा कार्यालयमा वडाध्यक्ष नेत्रप्रसाद काफ्ले र कार्की दम्पतीले संयुक्त रुपमा प्रदान गरेका थिए । दिबंगत बेदमायाका कार्की दम्पती कान्छा छोरा–बुहारी हुन् । समाजिक सेवामार्फत समाजमा राम्रो कुराको विकास गर्नको लागि यो कार्य गरेको कैलाश कार्कीले बताए । ‘बुवा आमाको मृत्युपछि पनि सम्मान् गर्ने वानिको विकास होस्, आमाबाबुको श्राद्धमात्र हैन, सम्मान पनि गर्नुपर्छ भनेर यो काम गरेको हो,’उनले भने ।

तस्बिर: शुक्रबार विपन्न सुत्केरी महिलालाई वितरण गरिएको खाद्यान्न तथा न्यानो कपडा ।