मोरङ : फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले आईतबार एकैदिन १९ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत मोरङबाट बिभिन्न मितिमा भएको फैसला आदेशले कैद तथा जरिवाना फैसला भई हाल सम्म फरार रहदै आएका अवहेलना मुद्धाका ६ जना र कुटपीट मुद्धाका १३ गरी कुल १९ जना फरार प्रतिवादीहरुलाई आईतबार पक्राउ गरिएको हो ।
पक्राउ परेका फरार प्रतिवादीहरुलाई तोकिएको कैद सजाय तथा जरिवाना भुक्तानीको लागि सम्मानित जिल्ला अदालत मोरङमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।