मंगलबारे : इलामको फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङमा गाडीले किच्दा एक वृद्धको मृत्यु भएको छ।
सोमबार बिहान लुङसुङदाङबाट इलाम जाने क्रममा गाडीले किच्दा फाकफोकथुम गाउँपालिका–१ का ७२ वर्षीय सोमप्रसाद दाहालको मृत्यु भएको प्रहरी नायब निरीक्षक भूपेन्द्र ढुङ्गानाले जानकारी दिए।
सडकमा रोकेर यात्रुलाई गाडीभित्र हाल्ने क्रममा अचानक गाडीको ुब्रेक फेलु भएर पछि सर्दा उनलाई गाडीले किचेको हो। गाडी पल्टिए पनि गाडीमा सवार कोही पनि घाइते नभएको प्रहरीले जनाएको छ। चालक सन्देश पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।


































































