इटहरी : इटहरीको वडा नम्बर ५ स्थित बह्रमपुरमा रहेको राधाकृष्ण मन्दिरको भौतिक संरचना निमार्ण तथा बिकासको लागी यहि पौष १६ गते देखि २४ गते सम्म श्रीमत भागवत महापुराण धन धान्यञ्चल सप्ताह धार्मिक ज्ञान महायज्ञ सुरु भएको छ ।

महायज्ञबाट संकलन भएको रकमबाट मन्दिरको थप भौतिक संरचना निमार्ण गरिने उद्देश्य रहेको आयोजक समितिले जनाएको हो । आस्थाको धरोहर रहेको राधाकृष्ण मन्दिरको बिकास र आवश्यक्तालाई महसुस गर्दै स्थानीय जनता र ब्यवस्थापन समितिले महायज्ञको आयोजना गरेको जनाएको छ । मन्दिरमा आवश्यक पर्ने बिभिन्न भौतिक संरचना निमार्ण गर्ने उद्देश्यका साथ महायज्ञको आयोजना गरेको आयोजक समितिका उपाध्यक्ष सिता पोख्रेलले बताईन ।

एक कठ्ठा दश धुर जग्गामा निमार्ण भएको मन्दिर पुरानो भएको र त्यसलाई र्ममत तथा थप संरचना निमार्ण गर्न बाकी रहेकोले महायज्ञ बाट संकलन रकमबाट थप संरचना निमार्ण गर्ने उद्देश्य रहेको सस्थापक अध्यक्ष तथा सल्लाहकार रामकुमार कार्कीले बताए । महायज्ञको कलश यात्रा महायज्ञ स्थलबाट बजार परिक्रमा गरी महायज्ञ परिसरमा आएको थियो । सो कलश यात्राको उद्घाटन इटहरी उपमहानगरपालीकाका मेयर द्धारिकलाल चौधरीले गरेका थिए भने मण्डपको उद्घाटन सांसद सिताराम मेहेताले गरेका छन् ।