भोजपुर : भोजपुरमा रुद्राक्षको रुखले किचेर एक जनाको मृत्यु भएको छ । षडानन्द नगरपालिकामा –४ का ६० वर्षीया दुर्गाबहादुर राईको रुखले किचेर मृत्यु भएको हो ।
रुद्राक्षको रुख ढाल्ने क्रममा रुखले किच्दा घटनास्थलमै राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
मृतकको शवलाई पोष्टमार्टमको लागि खाँदबारी अस्पताल संखुवासभा लगिएको प्रहरी जनाएको छ ।