इटहरीः नेपाल राष्ट्रिय स्वतन्त्र किसान मोर्चाले प्लाष्टिक जन्य फोहोर मैलाले कृषि क्षेत्रलाई प्रभावित पारिरहेको भन्दै आजदेखि फोहोर व्यवस्थापन अभियान सुरु गरेको छ ।

मोर्चाले सुनसरी सदरमुकाम इनरुवाबाट राष्ट्रिय फोहार प्लाष्टिक व्यवस्थापन कोशी मेची अभियान सुरु गरेको हो । सफाई अभियानको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । उद्घान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उप्रेतीले सड्ने फोहोरमैलालाई आफैले कम्पोष्ट मल बनाउन सकिने तथा नसड्ने फोहोरमैलालाई उचित रुपमा व्यवस्थापन गर्ने बानी बसाल्नु पर्ने बताए ।

प्लाष्टिक जन्य फोहोरहरु किसानहरुको बारीमा पुगेर खनजोत गर्ने समस्या पार्नेदेखि लिएर माटोको उर्वरा शक्तिमा ह्रास ल्याउने किसानहरुको गुनासो छ । यस्तै, कुलो जाम गर्ने, गाइवस्तुले खाएर मर्ने जस्ता समस्याहरु झेल्नु परेको कारण अभियान सञ्चालन गरिएको मोर्चाका अध्यक्ष पुष्पराज प्याकुरेलले जानकारी दिए । उनले मोर्चाले किसानहरुलाई समस्यामा पार्ने प्लाष्टिक जन्य फोहोर व्यवस्थापनका लागि राज्यलाई दवाव दिने उद्देश्यले अभियान सञ्चालन गरिएको पनि बताए । पहिलो चरणमा कोशी मेची अभियान सञ्चालनमा ल्याएको उनले बतए । कार्यक्रममा नेपाल कुखुरा पालक किसान संघका केन्द्रीय अध्यक्ष झनकप्रसाद पौडेल लगायतका किसान नेताहरुको सहभागिता रहेको थियो ।