इटहरी: इटहरी उपमहानगरपालिकाद्धारा सञ्चालित सुरक्षित आवास गृहमा छ महिनामा ३० जना पीडितले सेवा लिएका छन् ।

गत साउनदेखि मंसिर मसान्तसम्ममा ३० जनाले सेवा लिएका हुन । हिंसामा परेका, अलपत्र परेका, आफन्त नभएका लगायतका महिलालाई उक्त गृहमा राख्ने गरिएको इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले बताइन् । उनका अनुसार समस्यामा परेका महिलालाई प्रहरीको महिला सेल, जनप्रतिनिधि लगायतले सेफ हाउसमा वुझाउने गरेका छन् । केही समय सेफ हाउसमा राखेर प्रहरीमार्फत नै ती महिलाहरुलाई आफन्तको जिम्मा लगाइने गरिएको छ ।

सुरक्षित आवास गृहको सेवा प्रभावकारी वन्दै गएको सेफहाउस संयोजक गंगा गुरुडले बताइन् । पूर्वका विभिन्न जिल्लाहरु र ललितपुरसम्मका पीडितले सेफ हाउसबाट सेवा लिएको पनि उनले बताइन् । सेफ हाउसमा सेवा लिनेहरु १५ देखि ८० बर्ष सम्मका छन् । सेफ हाउस अहिले भाडाको भवनमा सञ्चालित छ । भवन निर्माणका लागि कार्यपालिकामा प्रस्ताव लाने सेफ हाउस ब्यवस्थापन समितिको वैठकले निर्णय गरेको छ । यो सेफ हाउस अल्पकालिन सेवाका लागि हो । त्यहाँ केहि समय राखेर आफन्तहरुको सोधीखोजी गरि वुझाउने गरिएको छ ।