इटहरी : इटहरीमा “मेयर सँग कृषक” कार्यक्रम सञ्चालन गरिने भएको छ । कृषकका समस्या सुनेर समाधानका लागि पहल गर्न महिनामा एक दिन कृषक सँग अन्र्तक्रिया गर्न लागिएको नगरप्रमुख द्धारिकलाल चौधरीले जानकारी दिए ।
कहिले देखि,कसरी र कुन दिन “मेयर सँग कृषक” कार्यक्रम गर्ने चाडै तय गरिने प्रमुख चौधरीले बताए ।इटहरीका अगुवा कृषक बासु ढकालले यो कार्यक्रम कृषकका लागि प्रभावकारी हुने बताए । सर्वसाधारण कृषकले स्थानीय सरकार सँग आफना समस्या राखेर ती समस्या समाधान हुन सके त्यो फलदायी हुने ढकालको भनाई छ ।
वास्तविक कृषकको पहुच सरकार सँग नपुग्दा समस्या भइरहेको उनको तर्क छ । यसैविच इटहरीका बिभिन्न पाँच ठाँउमा कृर्षि गोष्ठि गरिने भएको छ । प्रत्येक गोष्ठिमा पचास जना कृषकको सहभागिता रहने छ । गोष्ठिमा विशेषगरि पशुको पोषण,रोग,उपचार र पशुविमाका वारेमा छलफल गरिने छ । पशुविमा गर्दा कृषकलाई फाइदा पुग्ने भएपनि घेरै कृषकलाई यस वारेमा जानकारीनै नभएको अगुवा कृषक बासु ढकालले बताए । उनका अनुसार सरकारको ७५ प्रतिशत र कृषकको २५ प्रतिशत लगानीनै पशुविमा हुन्छ ।