उदयपुर : प्रहरी चौकी बसाहा उदयपुर दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत रहेका प्रहरी जवान प्रकाश दाहालको उपचारको क्रममा मृत्यु भएको छ ।

गएको ७ गते ड्युटीमा रहेका दाहाल अचानक बिरामी भए पश्चात जिल्ला अस्पताल गाईघाटमा उपचारको लागी लगिएकोमा उपचार हुन नसके पश्चात थप उपचारको लागी भोलिपल्ट धरान स्थित बि पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा त्यहाँ समेत उपचार हुन नसके पछि विराटनगरको नोबेल अस्पतालमा उपचारको क्रममा दाहालको आज (विहिबार) बिहान ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
आज दिउँसो ११ बजे विराटनगरको पोखरीया परोपकार घाटमा शोक सलामी सहित मृतक दाहालको अन्त्यष्टी गरीएको समेत उक्त कार्यालयले जनाएको छ ।