पथरी : पथरीशनिश्चरे २ स्वागत टोलका युवाहरुले देउसी खेलेर जम्मा गरेको पैसाले टोल सरसफाइका लागी डस्विन र सडक वत्ती खरिद गरेका छन् । मोरङ्गको पथरीशनिश्चरे २ स्वागत टोलका युवाहरुले गत तिहारमा देउसी खेलेर जम्मा गरेको पैसाले फोहोर व्यवस्थापनका लागि डस्टविन र सडक वत्ती खरिद गरेका हुन । उनीहरुलाइ पथरी बजारस्थित वीजी हाउसका प्रोप्राईटर वीरवहादुर घिमिरे विष्णले थप १५ वटा डस्विन सौजन्य गरेपछि ४३ वटा फोहोर हाल्ने डस्टविन प्रयोगमा ल्याइएको हो ।

समितिले देउसी खेलेर जम्मा भएको ३० हजार ७ सय २५ रुपैयाँमध्ये ३१ वटा सडक वत्ती जडानपछि रहेको २५ हजार ९ सय २५ रुपैयाँ डस्टवीनमा लगानी गरिएको अध्यक्ष राम खड्काले जनाए ।

शनिवार डस्विन राख्ने कार्यक्रममा वडा अध्यक्ष यामप्रसाद गुरागाईंले नगरले प्रत्येक वडामा फोहोर संकलन डस्टविन व्यवस्थापनको तयारी गरेको जनाए ।

सो अवसरमा, सुन्दर सामुदायिक वनका अध्यक्ष मानवहादुर पाठकले वनले समेत टोलमा डस्टविन राख्न सहयोग गर्ने वताए ।