धरान: हिविसकस इङ्लिस बोर्डिङ स्कुल धरान १५ ले एकल महिला जानुका बिकको घर निर्माणको लागि सहयोग प्रदान गरेको छ ।
धरान–१७ विजुवा मार्ग निवासी बिकको घर बनाउन पहल गरिरहेका पत्रकारहरुलाई सो स्कुलले सहयोग गरेको हो । स्कुलले नगद ७ हजार प्रदान गरेकये छ । स्कुलका संयोजक सुरेश वियोगान्त राई, सुर्यबहादुर राईले सामाजिक कार्यमा स्कुलले सहयोग गर्न पाउदा खुशी लागेको बताए ।

स्कुलले पत्रकार जनकऋषि राईलाई नगद हस्तान्तरण गरेको थियो । पत्रकार राईले सहयोगप्रति स्कुललाई आभार व्यक्त गर्दै रचनात्मक समाजिक कार्य भएको बताए । बिकको घर निर्माणको लागि धरानका पत्रकारहरुले गत तिहारमा देउसी खेलेर नगद संकलन गरेका थिए ।