धरान: खजुम लिम्बु वंश प्रतिष्ठानको सुनसरी जिल्ला शाखाको अध्यक्षमा कुशल कुरूम्भङ खजुम सर्वसम्मत चयन भएका छन् ।

प्रतिष्ठानको शाखा उपाध्यक्षमा भीम कुमारी चेम्जोङ खजुम, सचिवमा लक्ष्मण कुरूम्भङ खजुम, सहसचिवमा निर्मल चोङवाङ, कोषाध्यक्षमा देवराज पारघारी खजुम चयन भएका छन् । त्यस्तै सदस्यहरूमा भक्त बहादुर पारघारी खजुम, कल्पना खजुम, पुर्णमाया तबेबुङ खजुम पनि सर्वसहमतिबाट चयन भएका छन् । खजुमहरूको मोलिक हक, अधिकार, संस्कार सँस्कृति, भाषा, भेषभुषा, पहिरन तथा पहिचानलाई जर्गेना गर्ने उद्देश्यले गत बर्ष प्रतिष्ठानको स्थापना भएको थियो ।

खजुम समुदाय भित्र कुरूम्भङ, पारघारी, लेक्वा, वयाङ, चोङवाङ र इमेहाङ गरी छ थरी रहेका छन् । यसै प्रतिष्ठानकै मातहातमा रहेर धनकुटा, मोरङ र झापा जिल्लामा यस अघि नै शाखा समिति गठन भईसकेका छन् । तेह्रथुम, पाँचथर, इलाम, काठमाण्डौलगायत विश्वका विभिन्न मुलुकमा समेत क्रमैसँग उपसमिति गठन गर्ने लक्ष्य प्रतिष्ठानको रहेको छ । तेह्रथुम छथर गाँउपालिका वडा नं ३ साविक पञ्चकन्या गाविस वडा नं ४ मा अवस्थित यमुई चम्खा सीं यकमा जन्मिएर हाल नेपालका पुर्वी जिल्लाका सबै क्षेत्रमा खजुमहरूको वसोवास रहेको छ भने विश्वका धेरै देशहरूमा थुप्रै सँख्यामा खजुम वन्धुहरूको वसोवास रहेको छ ।