धरान: पत्रकार दिनेश गजमेर प्रश्नाभक्त रंग पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । आरम्भ नाट्य डबलीको ३० आंै स्थापना दिवसको अवसरमा बुधबार पत्रकार गजमेर पुरस्कृत भएका हुन् ।

आरम्भको स्थापना दिवसमा ३ बर्षअघिदेखि पत्रकारिताको माध्यमबाट रंगमञ्चको विकास एवं प्रर्वद्धनमा योगदान पुर्याउने एक जना पत्रकारलाई यो पुस्कार प्रदान गरिदै आएको छ । होटल रत्ना इनमा आयोजित एक समारोहबीच आरम्भका अध्यक्ष गोपाल देवान, प्रमुख अतिथि एवं भाषाविद् टंक न्यौपाने, धरान प्रज्ञा प्रतिष्ठानका सहसंयोजक डा.भोला पोख्रेलले पत्रकार गजमेरलाई सम्मान पत्र तथा नगद प्रदान गरेका थिए ।

यो पुरस्कारको राशी ११ हजार ५ सय रहेको छ । पुरस्कृत पत्रकार नेपाल पत्रकार महासंघ सुनसरीका सहसचिव हुन् भने मकालु तथा जनता टेलिभिजनमा कार्यरत छन् । आरम्भका महासचिव सचिन क्षेत्रीले आफ्नो आमा बुबाको नाममा पुरस्कार स्थापना गरेका हुन् ।