धरान:लियो क्लब अफ धरान बुढासुब्बाले विद्यार्थीहरुलाई न्यानो टोपी, झोला तथा स्टेशनरीका सामाग्री शुक्रबार वितरण गरेको छ ।

धरान–५ बसन्तटारस्थित शिक्षा ज्योती प्राथमिक बिद्यालयका ३० जना विद्यार्थीलाई न्यानो टोपी तथा स्टेशनरीका सामग्री वितरण गरेको हो । विद्यालयको २२ औं वार्षिक उत्सव तथा २५८ औं पृथ्वी जयन्ती अवसरमा विद्यालयले आयोजना गरेको कार्यक्रममा पुगेर लियो क्लवले विद्यार्थीहरुलाई टोपी, कापी, कलम, झोलालगायतका सामग्री वितरण गरिएको लियोजका अध्यक्ष सुशान निरौलाले जानकारी दिए ।

आर्थिक अवस्था कमजोर रहेका १० जना विद्यार्थीलाई झोला समेत वितरण गरिएको थियो । विभिन्न दाताहरुबाट संकलन गरेर विद्यार्थीहरुलाई सामाग्री प्रदान गरिएको क्लवले जनाएको छ । विद्यार्थीहरुलाई केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका विद्यार्थीहरुले पोषणका बारेमा जानकारी समेत गराएका थिए । कार्यक्रममा लायन क्लबकी अध्यक्ष शान्ती श्रेष्ठलगायतको सहभागीता रहेको थियो ।