ताप्लेजुङ : ताप्लेजुङमा हत्याको आरोपमा दुई जनालाई कारागार चलान गरिएको छ ।

मिक्वाखोला–४ का प्रतापसिंह सावाँ लिम्बूको हत्या गरेको आरोपमा सोही स्थानका १८ वर्षीय विनम लिम्बू र अर्का १९ वर्षीय रोशन लिम्बूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

गाईले बाली खाएको विषयमा विवाद हुँदा ३२ वर्षीय प्रतापसिंहको हत्या गरिएको थियो ।

जिल्ला अदालतको आदेशअनुसार उनीहरूलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।