ईलाम : ईलामको सन्दकपुर गाउपालिका ५ बतासेमा श्रिमानको बोतल प्रहारबाट श्रीमतीको मृत्यु भएको छ ।

शुक्रबार राती ३५ वर्षीय सोम बहादुर गुरुङ् र ३५ वर्षीय श्रीमती निरमाया गुरुङ बिच बादबिवाद भएको थियो । वादबिवादको क्रममा श्रीमानले सिक्किमे रमको बोतलले श्रीमतीको पेटको दाहिने साईडमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

शनिबार बिहान १० बजेको समयमा स्थानीयले घटनाको बारेमा प्रहरीलाई जानकारी गराउनासाथ प्रहरी चौकी जमुना बाट प्रहरीको टोली खटी गई सोम बहादुर गुरुङ लाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।