बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिका ५ चारकोसे झाडि जंगलमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ ।

आइतबार सोही स्थान बस्ने ४८ वर्षीय दुर्गा बहादुर गुरुङ र निजको छोरी १८ वर्षीय तनिसा गुरुङ जंगलमा घाँस काट्न गएका थिए । अन्दाजि ४० फिट माथि कुम्बिको रुख बाट लडेर बाबुको मृत्यु भएको थियो ।

घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरीको टोली घटनास्थलमा गई आवश्यक अनुसन्धान कार्य पुरा गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।