खोटाङ : केपिलासगढी गाउँपालिका ५ थर्पुडाँडामा जवरजस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही गाउँपालिका बस्ने २१ वर्षीय नन्दराज राई रहेको इलाका प्रहरी कार्यालय बाक्सिलाले जनाएको छ । राईलाई शनिवार राती २० बर्षीया युवतीलाई जवरजस्ती करणी गर्ने प्रयास गरेको भनि पिडितको आफन्तले दिएको जानकारीको आधारमा पक्राउ गरिएको हो ।
पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।