सुनसरी : ईटहरी उपमहानगरपालिका ३ सुनौलो टोलमा पिलरले किच्दा १ जनाको मृत्यु भएको छ ।
सोमवार बिहान ११ बजे स्थानीय मणीकुमार राईले भैसी पाल्न बनाउदै गरेको कटेरोको पिलर ढली काम गरीरहेका मिस्त्रीलाई लाग्दा सोही स्थानका ४५ बर्षीय पुष्प दाहाल गम्भीर घाईते भएका थिए ।
घाईतेलाई उपचारको लागि बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारको क्रममा आज बिहान साढे १ बजे को मृत्यु भएको हो ।
मृतकको शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको छ भने घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट प्रहरी टोली खटी गई थप अनुसन्धान भईरहेको छ ।