इटहरी: जयवायु परिर्वतनका कारण बढी रहेको वातावरणीय असरलाई न्युनिकरण गर्ने सन्देशसहित रोटरी क्लवअन्र्तगत भारतको ३१३१ का पुर्व गर्भनर सुबोध जोशीको नेतृत्वको कार र्यालीलाई इटहरीमा स्वागत गरिएको छ ।

भारतबाट आठ दिन अघिबाट पोलियो उन्मुलन गरौं, आफनो मृत्युपछि अगं दान गरौं भन्ने संदेश समेत समावेश गरेर भारत ,नेपाल र भुटानसम्म पुग्ने गरी सुरु भएको कार र्यालीका सहभागीहरुलाई रोटरी क्लव अफ इटहरीले स्वागत गरेको हो । जनचेतना मुलक सन्देशसहित तीन देशीय कार र्यालीमा निस्कीएको रोटरी क्लव अफ अन्तराष्ट्यि अन्र्तगत भारतको ३१३१ का पुर्व गर्भनर जोशीको नेतृत्वको २२ जनाको टोलीलाई इटहरीमा रोटरी क्लव अफ इटहरीका अध्यक्ष सन्दीप गौतम, पुर्व अध्यक्षहरु राजेश श्रेष्ठ, गोविन्द सोनी, अनन्त विष्ट, लक्ष्मी धिताल लगायतले स्वागत गरेका थिए ।

इटहरी आइ पुगेको टोलीले अभियानका विषयमा इटहरीमा जानकारी गराएको थियो । सो क्रममा कार र्यालीको नेतृत्व गरिरहेका जोशीले विश्वमा बढी रहेको जलवायुका कारण वातावरणी क्षेत्र पुगी रहेको असर जीव र जीवनलाई पारिरहेको प्रतिकुल असरका विषयमा चर्चा गरे । त्यसै गरि अन्य वक्ताहरुले पोलियो नियन्त्रणका लागि जनचेतना वढाउन आफनो मृत्युपछि शरिर दान गर्नु पर्ने विषयमा जोड दिएका थिए । कार्यक्रममा रोटरी क्लव अफ इटहरीकी पुर्व अध्यक्ष अनिता अधिकारी लगायतले वोलेका थिए । २२ दिने कार र्याली नेपालको पुर्वी नाका कारभिट्टाबाट भारत हुदै भुटान सम्म पुग्ने छ ।