इनरुवा: सुनसरीको कोशी गाउँपालीका वडा नम्बर ८ स्थित भाण्टावारी क्षेत्रमा स्थानीय जनप्रतिनिधि र सशस्त्र प्रहरीले सरसफाइ गरेका छन् ।
भाण्टावारी क्षेत्रमा खाली स्थानमा फोहोर थुपार्ने काम भएकोले त्यसो नगर्न आग्रह गर्दै स्थानीय जनप्रतिनिधि र सशस्त्र प्रहरीले सरसफाइ गरेका हुन् । आफ्नो गाउँ आफै सुन्दर र स्वच्छ बनाउन उत्प्रेरित गर्ने उद्देश्यले बिहान सरसफाइ कार्यक्रम गरिएको बिओपी भाण्टावारीले जनाएको छ । सरसफाइ कार्यक्रममा कोशी गाउँपालीका वार्ड नम्बर ८ का अध्यक्ष विन्देश्वर प्रसाद यादव, बिओपी भाण्टावारीका सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बहादुर भण्डारी लगायतले सरसफाई गरेका थिए ।
सो कार्यक्रममा समाजसेवी तारादेवी पौडेल सहित स्थानीयजनप्रतिनिधि,स्थानीयबासी,सुरक्षाकर्मी लगायत सरसफाइ कार्यक्रममा ५० जना बढीको सहभागिता रहेकोे थियो । उनीहरूले भाण्टावारी बजार,भारत भिमनगर शैलेशपुर जाने बाटो,जामे मस्जिद सहितका क्षेत्रमा सरसफाइ गरेका थिए।