संखुवासभा : संखुवासभाको सिलिचोङ गाउँपालिका ३ लुम्ङदियाबाट मृगको छाला सहित १ जना पक्राउ परेका छन् ।

विशेष सुचनाको आधारमा प्रहरी चौकी ताम्कुबाट खटिएको प्रहरी टोलीले स्थानीय उत्तम कुमार राईको घर खानतलासी गर्ने क्रममा घरको पूर्वपट्टी टिनको छाप्रोमा लुकाई छिपाई राखेको अवस्थामा १ थान मृगको छाला बरामद गरेको हो ।
प्रहरीको टोलीले घर धनी उत्तमकुमार राईलाई समेत पक्राउ गरी आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय खाँदवारीमा बुझाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।