तेह्रथुम : कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले तेह्रथुमका दुई वटा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक र जनप्रतिनिधिका लागि मानव अधिकार र मानवीय कानूनका सम्बन्धमा विहीबार सचेतीकरण कार्यक्रम गरेको छ ।

म्याङलुङ नगरपालिकाको कालिका मावि जिरिखिम्ती र मेन्छ्यायेम गाउँपालिकाको गौखुरी मावि मोराहाङमा मानव अधिकार, मानवीय कानुनहरु, विभिन्न मौजुदा कानुनहरु र तिनको कार्यान्वयनका अवस्थाका विषयमा सचेतना अभिवृद्धि कार्यक्रम गरिएको कानुनमन्त्री भानुभक्त ढकालका स्वकीय सचिव भुवन खतिवडाले बताए ।

terathum

उनका अनुसार सचेतीकरण कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक र जनप्रतिनिधि समेत गरी तीन सय बढी सहभागी थिए । कार्यक्रममा मन्त्रालयका उपसचिव गोविन्द खनाल, शाखा अधिकृतद्धय महेश्वर अर्याल र अर्जुन भुषालले सहभागीलाई सहजीकरण गर्नुभएको थियो । मन्त्रालयले यस्तै प्रकृतिका कानुनी सचेतना कार्यक्रम हालै संखुवासभा र सुनसरीमा समेत गरेको स्वकीय सचिव खतिवडाले बताए ।