धरान : जनजागृति समाजको आयोजना तथा धरान उपमहानगरपालिका कार्यालयको सहयोगमा दिने सुचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रमको प्रशिक्षकको रुपमा सूचना अभियन्ता बिष्णु चौलागाईंले सहजिकरण गरेका थिए ।
धरान उपमहानगरपालिका कर्मचारी एसोसिएसन भवनमा भएको कार्यक्रममा सहभागी सबैलाई सूचनाको हक बुज्ने र सिक्ने मात्रै होईन त्यसको प्रयोग पनि गरौ र यो हक बुजेर मात्रै खासै फरक पर्दैन जब प्रयोग गर्नुहुन्छ अनि फरक पर्छ अनि मात्रै यहाँ र समुदायको समेत फाईदा हुन्छ भन्ने बिषयमा सचेतता गरिएको थियोे । उक्त कार्यक्रममा सूचना र सुचना अधिकारमा जनताको भुमिका , सूचनाको हकको जानकारी तथा कानुनी ब्यवस्था ,सूचनाको हकको ब्यवहारिक प्रयोग ,भ्रष्टाचार नियन्त्रणमा सूचनाको हकको भुमिका  र प्रयोगात्मक समेत गरिएको थियोे ।  ३४ जना युवाहरूलाई उक्त कार्यक्रममा सहभागी गराई प्रशिक्षण गरिएको थियो ।
सरकारी सम्यन्त्रबाट खासै चासो नदिएको यो कानुनलाई आम नागरिकको जानकारीमा नआउने र प्रयोग समेत नहुने भएकोले सुशासन र पारदर्शितामा समेत कमि आएको र भ्रष्टाचार बढेको सहभागीले बताए , कार्यक्रममा धरान उपमहानगरपालिका कार्यालयका सूचना अधिकारी सौगात सम्बाहाम्फेले नगरपालिकाबाट प्राप्त हुने सूचना र स्वत प्रकाशित सुचना , कानुनले बन्देज नगरेको सूचना सहजै प्राप्त गर्न सकिने र सूचना प्राप्त गर्ने तरिकाको बारेमा जानकारी गराएका थिए ।