कैलाली : जानकी गाउँपालिका–७ गोलौरीका एक युवकले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।

आइतबार बिहान साढे ५ बजेतिर ३५ वर्षीय प्रेमलाल चौधरीले ३२ वर्षीया श्रीमती रमा चौधरीको हत्या गरी आत्महत्या गरेका हुन् ।
इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार उनले श्रीमतीको टाउकोमा दुई पटक बञ्चरो प्रहार गरेका थिए । प्रेमलालले श्रीमतीको हत्या गरेर आफू घरको बार्दलीमा झुण्डिएको अवस्थामा स्थानीयले फेला पारेको इलाका प्रहरी कार्यालय टीकापुरका डीएसपी शिवबहादुर सिंहले बताए ।

घरको बार्दलीमा झुण्डिएर छट्पटाई रहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेर डोरी काटेर बचाउने प्रयास गरेको डीएसपी सिँहले बताए । तर, उपचारका लागि अस्पताल पुयाइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतक दम्पत्तीका दुई छोरा छन् । एक नाबालक छोरा घरमै र अर्का छोरा गाउँमा रहेको बताइएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको बताइएको छ ।