पथरी : अनेरास्वबियु र अनेरास्बियु (क्रान्तीकारी) विद्यार्थी संगठनको पहलमा मोरङको पथरीशनिश्चरे नगरपालिकाले पथरी क्याम्पसमा अध्ययनरत आर्थिक विपन्न नगरका ११ जना छात्रालाई साइकल वितरण गरेको छ ।

नगरपालिका कार्यालयमा आइतवार एक कार्यक्रम आयोजना गरेर उनीहरुलाइ साइकल वितरण गरिएको हो । नगर उपप्रमुख यमुना विष्ट वास्तोला, नगर प्रवक्ता यामप्रसाद गुरागाईं सहितका जनप्रतिनिधिहरुले ११ छात्रालाई एक एक थान साइकल वितरण गरे ।  नगरपालिकाले लक्षित वर्गको कार्यक्रम अन्तर्गत ‘छोरीलाई छात्रबृत्ती’ नामाकरण गरी आर्थिक विपन्नको पठन पाठनमा सहयोग पुर्याउन साइकल प्रदान गरिएको नगर उपप्रमुख वास्तोलाले वताइन । उनले छोरीहरुले राम्रो शिक्षा लिएर स्वनिर्भर वन्ने प्रेरणाका अरु पनि कार्यक्रम अघि बढाउने वताइन ।

पथरी क्याम्पसको अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारी संगठनका विद्यार्थीको समेत राय अनुरुप साइकल वितरणको योजना वनेको हो ।
साइकल प्राप्त गर्नेमा, रीता परियार, संजिता विश्वा, हसना थापा, पवित्रा सुब्बा, अविशा माझी, सावित्रा विश्वकर्मा, मुना सुब्बा, जानुका विश्वकर्मा, रमा विश्वकर्मा, पवना वस्नेत र पवित्रा तामाङ रहेका छन् ।