इनरुवा : सुनसरीको कोशी गाउँपालीका सीमावर्ती क्षेत्रको विभिन्न नाका हुदै केही दिन देखि तस्करको केन्द्र बन्दै गएको छ।

विभिन्न संचारमाध्यममा समाचार आएपछि भण्टावारी नाकामा सुरक्षा व्यवस्था कडा गरेको बेला रातिको समयमा कोशी गाउँपालिका वडा नम्बर ८ बाट सशस्त्र प्रहरीले स्याउ सहित गाडी नियन्त्रणमा लिएको हो।

भन्टावारी सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारी नेतृत्वमा खटिएको टोलिले २ लाख १७ हजार ८ सय मुल्य बराबरको स्याउ सहित को १ ज २२०८ नम्बरको गाडी बरामद गरेको जनाएको छ । शनिबार राती १० बजेको समयमा अवैध रूपमा भन्सार छलेर भारत तर्फ लादै गरेको अवस्थामा सशस्त्र प्रहरी बल भाण्टावारीबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक भण्डारी नेतृत्वको टोलिले दशगजा स्थित सिमा स्तम्भ नम्बर २०६ बाट गाडीमा लोड गरि भारत तर्फ लैजादै गरेको अवस्थामा स्याउ बरामद गरेको थियो ।

बरामद गरिएको स्याउ र गाडीको जम्मा २० लाख १७ हजार ८ सय मुल्यांकन गरी आवश्यक कार्वाहीको लागि सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाएको सशस्त्र प्रहरी बल भाण्टावरीले जनाएको छ ।