इनरुवा : सुनसरीको कोशी ब्यारेजमा लाग्दै आएको पुसी पुर्णिमा  मेला झै यो वर्ष पनि सम्पन्न भएको छ । कोशी ब्यारेजमा सोमबार लागेको यस वर्षको पुसी पुर्णिमा  मेलामा विभिन्न अपराधी गतिविधिमा संलग्न रहेको ५ दर्जन भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मेलामा विभिन्न अपराधी गतिविधिमा संलग्न रहेको केटीहरुलाई जिस्काउने, झैझगडा गर्ने, पकेट मार्ने र जुवा तास खेलाउने ५ दर्जन भन्दा बढीलाई सिमा प्रहरी चौकी भाण्टावारीबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको हो । नेपाल र भारतका १० हजार भन्दा बढी मानिसहरुको सहभागिता रहेको उक्त मेलामा यो वर्ष सानोतिनो घटना बाहेक शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको सिमा प्रहरी भाण्टावारीका प्रहरी निरीक्षक अवधलाल सोनार साहले जानकारी दिए ।

अघिल्लो वर्षहरुमा लाग्दै आएको मेलामा मानिसहरुको भिडभाडले गर्दा राजमार्ग घण्टौ सम्म अबरुद्ध हुँदै आएको कुरालाई मध्यनजर गर्दै यसवर्षको मेलामा नेपाल प्रहरी,सशस्त्र प्रहरी र सादा पोसाकमा प्रहरी परिचालन गरिएको थियो ।

यो वर्ष कोशी ब्यारेज मेला ५ मिनेटको लागि पनि राजमार्ग अवरुद्ध नभएको सिमा प्रहरी चौकी भाण्टावारीका ईन्चार्ज साहले बताए ।