तेह्रथुम : तेह्रथुममा पानीमा डुबेर तीन वर्षीय बालिकाको मृत्यु भएको छ । सप्तरी घर भई हाल म्याङलुङ नगरपालिका–७, जिरिखिम्तीबजारमा बस्दै आएका विरेन्द्र शाहकी ३ वर्षीय छोरी रितिका शाहको पानीमा डुबेर मृत्यु भएको हो । 

डेरा गरी बस्दै आएको घर नजिकै रहेको अलैँची बगानका लागि जमेको पानीमा सोमबार अपरान्ह ३ बजे डुबेपछि उनलाई उपचारकालागि जिल्ला अस्पताल ल्याइएको थियो । उनलाई अस्पताल ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वुवा विरेन्द्र स्थानीय विद्यालयमा शिक्षण गर्छन् ।