संखुवासभा : बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा भिन्न भिन्नै स्थानबाट २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भोजपुरको साल्पासिलिछो गाउँपालिकाका २५ वर्षीय सन्तोष राई र सङ्खुवासभाको चिचिला गाउँपालिकाका २२ वर्षीय अमित भनिने टीकाराम बिक रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले विकलाई चिचिला गाउँपालिका–५ र राईलाई सङ्खुवासभाको सिलिचोङ गाउँपालिकाको बालाबाट पक्राउ गरिएको जनाएको छ । पक्राउ परेका विक कारागार चलान भएका छन् । राईमाथि भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।