तेह्रथुम:तेह्रथुमको छथर गाउँपालिका १ आङदिममा भ्रुण हत्या गरेको आरोपमा आमा-छोरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

भ्रुण हत्या गरेको आरोपमा सोही स्थान बस्ने बर्ष २० की दालमु शेर्पा र उनकी आमा ४५ बर्षीय कल्पना शेर्पालाई प्रहरीले पक्राउ गरेको हो । छोरी दालमुको गर्भमा रहेको भ्रुण हत्या गरेको आशंकामा स्थानीयले दिएको सूचनाको आधारमा प्रहरी चौकी शुक्रवारेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले भ्रुण हत्या गरेर नजिकै रहेको उतिस घारीमा खाल्डो खनेर ढुंगा, माटोले पुरेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पठाईएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।