धरान:हिसान बास्केटवल च्याम्पियनसिपको उपाधि एम्स एकेडेमीले जितेको छ ।

हिसान स्पोर्टस मिट २०७५ अन्तर्गत वुधवार डिपो माविको कोर्टमा सम्पन्न फाइनलमा एम्सले सियोन स्कुललाई ४४–३६ अंकको अन्तरले पराजित गर्दै उपाधि जितेको हो । खेलको प्रत्येक क्वाटरमा एम्स र सियोन स्कुलले ५–६, ११–७, ११ –६ र १७–१७ अंक जोडेका थिए । च्याम्पियन सिपका विजेता तथा उपविजेता खेलाडीहरुले ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ । खेलाडीहरुलाई हिसान सुनसरी उपाध्यक्ष राजकुमार राई, प्रमुख अतिथी नेपाल बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा र एम्स मेघा कलेजका संचालक हेमन्त भन्डारीले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा सियोन स्कुलले सेमिफाइनल खेलमा तीन पटक विजेता बनिसकेका डिपो स्कुललाई र एम्सले धरान आदर्शलाई हराएर फाइनल पुगेको थियो । प्रतियोगिताको मोस्ट भ्यालुएवल प्लेयरको उपाधि एम्स कलेजका सागर राई, राइजिङ प्लेयर उपाधि एम्स कलेजका अभिमान राई र फाइनल खेलको म्यान अफ द म्याच सियोन स्कुलका सिसिर राई घोषित भएका छन् । उनीहरुले पुरस्कार स्वरुप ट्रफी तथा मेडल हात पारे । प्रतियोगिताको समापन कार्यक्रममा जिल्ला बास्केटवल संघ सुनसरीका अध्यक्ष नारायण सुवेदी, प्याप्सन सुनसरीका वरिष्ठ उपाध्यक्ष अनुप योञ्जन, रेडियो धरान रनका अध्यक्ष रोमु राई लगायतको उपस्थिति रहको थियो । सुनसरी भरिका ८ वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा धरान बास्केटवल संघको प्राविधिक सहयोग रहेको थियो ।